PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

संगीतकार श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा सहभागी



पहिलोपोस्ट

संगीतकार श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा सहभागी

संगीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा सहभागी भएका छन्।

श्रेष्ठले बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेका हुन्। जसवापत विश्वकै प्रतिष्ठित संस्था गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारमा सहभागी भएको प्रमाणपत्र प्रदान गरेको छ।

डा. डी.आर. उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरि १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो।

यस्ता साङ्गीतिक सिर्जनशीलताले नेपाली सङ्गीतलाई विश्व सङ्गीतमा परिचित र स्थापित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सङ्गीतकार श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell