PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

भारतमा डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबे पक्राउ



पहिलोपोस्ट

भारतमा डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबे पक्राउ

भारतमा डीएसपीसहित ८ प्रहरी अधिकारीको हत्या गर्ने गुण्डा नाइके विकास दुबेलाई पक्राउ गरिएको छ।

उत्तर प्रदेशको कानपुरमा अघिल्लो हप्ता प्रहरी अधिकारीको हत्या गरी फरार रहेका दुबेलाई मंगलवार मध्य प्रदेशको उज्जैनबाट गिरफ्तार गरिएको बीबीसी हिन्दीले जनाएको छ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउ परेको पुष्टि गरेका छन्। उनले यसलाई मध्य प्रदेश प्रहरीको ठूलो सफलता भनेका छन्। दुबे अहिले मध्य प्रदेश प्रहरीको हिरासतमा छन्।

मध्य प्रदेशका मुख्यमंत्री शिवराज सिंह चौहानले पनि दुबेको गिरफ्तारीका लागि मध्य प्रदेश प्रहरीलाई बधाई दिएका छन्।

दुबेलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मध्य प्रदेश प्रहरीको जिम्मा लगाएका थिए। उत्तर प्रदेश प्रहरीले उनीमाथि ५ लाखको पुरस्कार राखेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell