PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

'धोनीले सन्यासबारे सोचेका छैनन्'



पहिलोपोस्ट

'धोनीले सन्यासबारे सोचेका छैनन्'

भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिहं धोनीले सन्यासबारे नसोचेको उनका म्यानेजर मिहिर दिवाकरले जनाएका छन्। पछिल्लो समय विश्वकप खेलेर क्रिकेटमा नदेखिएका ३९ वर्षे धोनीले सन्यासबारे नसोचेको उनले बताएका हुन्। यद्यपि इन्डियन प्रिमियर लिग (आइपिल) कोरोना महामारीका बिच अनिश्चित बन्दै जाँदा धोनीको क्रिकेट करियर के हुने भन्ने अझै अन्योलमा देखिन्छ।

धोनीका म्यानेजर दिवाकरले धोनी यतिमै नरोकिने आफूलाई लाई लागेको बताए। कोभिड १९ को महामारी आउनु अघि धोनी चेन्नई सुपरकिङको ट्रेनिङ क्याम्पमा अभ्यासमा उत्रिएका थिए।

'हामीले क्रिकेटका बारेमा कुरा गरेका छैनौं। तर उनलाई हेर्दा सन्यास लिने मुडमा छन् जस्तो लाग्दैन,' दिवाकरले भनेका छन्, 'उनी आइपिएल खेल प्रतिबद्ध छन्। यसका लागि उनले धेरै मेहेनत पनि गरेका छन्।'

दुई पटक मिति तोकेर स्थगित भइसकेको यो सिजनको आइपिएल सञ्चालन गर्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले प्रयास गरिरहेको छ।

उनका अनुसार धोनी अहिले एक फार्महाउसमा रहेर फिटनेसमा ध्यान दिइरहेका छन् ताकी अवस्था सामान्य हुनसाथ अभ्यासमा फर्किन सकियोस।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell