PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति हत्कडीसहित फरार



एम बम

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति हत्कडीसहित फरार

कैलाली : कैलालीमा एक युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधवार राती हत्कडीसहित थुनाबाट भागेका हुन्।

इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले उनको खोजीका लागि प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट नेतृत्वको टोलीसमेत परिचालन भइसकेको जानकारी दिए।

विष्टका अनुसार ऐरले ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको मंगलवार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।  उनको शव घरको पश्चिमपट्टी अरहरको झारले शव छोपेको अवस्थामा फेला परेको थियो।

मंगलवार दिउँसो ३ बजेतिर घरमा कोही नभएको मौका छोपी उनले हजुरआमालाई फलामको रडले घाँटीमा प्रहार गरी घाइते बनाएर घरको पश्चिम पट्टी रहेको अरहरको बारीमा लगेर धारिलो हतियार (दाउ) ले घाँटीमा प्रहार गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ।

बुधवार बिहान हत्या भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फल्टुडेबाट गएको प्रहरी टोलीले नाति गणेश ऐरलाई घरबाटै पक्राउ गरेको हो। उनले हत्यामा प्रयोग गरेको फलामको रड र धारिलो हतियार (दाउ)समेत प्रहरीले बरामद गरेको छ।

तर उनी आफू भने प्रहरी निगरानीमै रहेका बेला फरार भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell