PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह

प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न लगाएका छन्।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए। थापालाई मंगलबार सरकारले महानिरीक्षकमा नियुक्त गरेको थियो।

आइजिपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबार अनिवार्य अवकाश पाएका थिए। प्रहरी महानिरीक्षकका लागि एआइजीद्वय थापा र हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। एआइजी पाल र क्षेत्री भने २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। थापाले २१ महिनासम्म नेपाल प्रहरीको महानिरीक्षकमा रहेर काम गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell