PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रहेनन् 'शोले'का सुरमा भोपाली, अजयदेखि जोनी लिभरसम्मको ट्वीट



पहिलोपोस्ट

रहेनन् 'शोले'का सुरमा भोपाली, अजयदेखि जोनी लिभरसम्मको ट्वीट

बलिउडका चर्चित कलाकार एवं कमेडी लिजेन्ड जगदिपको बुधवार ८१ वर्षको उमेरमा निधन भएको छ। विभिन्न रोगबाट ग्रसित उनले आज विहान अन्तिम श्वास लिए। जगदिपको पुरा नाम सैयद इश्तियाक अहमद जाफरी हो।

जगदिपले बलिउडमा ४ सय भन्दा बढी फिल्ममा काम गरेका छन्। उनले सन् १९७५ को ब्‍लकबस्‍टर फिल्‍म 'शोले'मा सुरमा भोपालीको भूमिका निभाएका थिए। जुन अत्याधिक मनपराइएको थियो। जगदिपलाई नयाँ परिचय दियो। जगदिपले करियरको सुरुवात बीआर चोपडाको फिल्‍म 'अफसाना' बाट बाल कलाकारका रुपमा गरेका थिए।

जगदिपको निधनमा अजय देवगन,जोनी लिभरलगायत बलिउडकर्मीले दु:ख व्यक्त गरेका छन्।

फिल्‍म 'हम पंछी एक डाल के'मा बाल कलाकारका रुपमा जगदिपको अभिनयले चौतर्फी प्रशंसा बटुलेको थियो। पण्डित जवाहरलाल नेहरूले त आफ्नो पर्सनल स्‍टाफ गिफ्टमा दिएका थिए।

जगदिपले 'लैला मजनू', 'खिलौना', 'आइना', 'सुरक्षा', 'फिर वही रात', 'पुराना मंदिर', 'शहंशाह', 'अंदाज अपना अपना', 'चाइना गेट', 'कहीं प्‍यार ना हो जाए', 'बम्‍बे टू गोवा' जस्ता फिल्‍ममा काम गरेका छन्।

जगदिपका छोरा जावेद जाफरी पनि बलिउड कलाकार एवं डान्सर हुन्। अर्को छोरा नावेद जाफरी टेलिभिजन निर्माता तथा निर्देशक छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell