PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी



राधेश्याम पटेल

हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी

वीरगंज: मधेसी महिलाको स्वभिमानमा चोट पुर्‍याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

वीरगंजका युवा ओमप्रकाश सरार्फले दिएको उजुरी हुलाकमार्फत पठाइएको हो। दुई साताअघि कान्तिपुर टेलिभिजनबाट प्रशारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पुर्याउने गरि कार्यक्रम उत्पादन गरेको हुँदा त्यसको विरुद्ध उजुरी दिएको सरार्फले बताए।

मंगलवार उजुरीको लागि जिल्ला प्रहरी कार्यालयमा पुग्दा दर्ता गर्न नमानेकोले कानुनविद्हरुको सहल्लाहमा हुलाकमार्फत उजुरी पठाइएको हो। अब पनि प्रहरीले कारवाही नगरे क्षेत्री र कान्तिपुर टेलिभिजनविरुद्ध सडक संघर्ष समेत गरिने वीरगंजका युवाहरुले चेतावनी दिएका छन्।

कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागु हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरी मधेसी महिलाको अस्मितामा चोट पुर्‍याएको तर्क गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell