PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ज्योति मगरको चिन्ता: मेरो पनि शिल्पा पोखरेलको कानको जाली फुटाएजस्तै हाल भयो भने?



पहिलोपोस्ट

ज्योति मगरको चिन्ता: मेरो पनि शिल्पा पोखरेलको कानको जाली फुटाएजस्तै हाल भयो भने?

ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा विवादित नाम हो। उनी गाउन त गाउँछिन्, त्यो भन्दा बढी उट्पट्याङ र अश्लील गतिविधिले चर्चामा रहन्छिन्। यसपालि भने ज्योतीले हल्काफुल्का भन्द गम्भीर देखिएकी छिन्। उनले आफूमाथि भएका ‘दुर्व्यवहार’ बाहिर ल्याउन नसकेको संकेत गरेकी छिन्। उनले दुर्व्यवहारलाई ‘समस्या’ भनेकी छिन्।

आफ्ना समस्या बाहिर ल्याउँदा अभिनेत्री शिल्पा पोखरेलको जस्तै आफ्नो पनि हालत हुने भन्दै उनले चिन्ता समेत व्यक्त गरेकी छिन्। शिल्पाको उनका पति एवं निर्देशक छविराज ओझाले कानको जाली फुटाएपछि मुद्दा प्रहरीसम्म पुगेको थियो। आफूमाथि भएको दुर्व्यवहार बाहिर ल्याउँदा शिल्पाले थप यातना खेप्नुपरेको थियो।

5/7 बर्ष भयो होला म राम्रो संग सुतेको छैन... अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आत्महत्या...

Posted by Jyoti Magar on Wednesday, July 8, 2020

शिल्पाजस्तो हविगत आफ्नो पनि हुन सक्ने भन्दै ज्योतीले आफ्ना समस्याबारे बोल्न नसकेको फेसबुकमा लेखेकी छिन्।

उनले बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि धेरैले आफूलाई सामाजिक संजालमा केही समस्या भए आफूलाई शेयर गर्न आग्रह गरेको जानकारी दिँदै आफूले अझै भन्न नसकेको उल्लेख गरेकी छिन्। ‘मलाई पनि धेरै कुरा भन्न मन छ,’ उनले लेखेकी छन्, ‘कति धेरै समस्याहरु छन् जो समाधान भैरहेका छैनन्। तर, म भन्न सकिरहेको छैन, कतै मेरो समस्या ‘शिल्पा पोखरेल’ को कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने?’

समस्याका कारण आफू ५/७ वर्षदेखि राम्रोसँग सुत्न नसकेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell