PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएकालाई लिएर ह्याम्स अस्पताल आइपुग्यो हेलिकप्टर

सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएकालाई लिएर ह्याम्स अस्पताल आइपुग्यो हेलिकप्टर

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएका व्यक्ति लिएर हेलिकप्टर काठमाडौंस्थित ह्याम्स अस्पताल आइपुगेको छ।

बिहानै सभामुख अग्नि सापकोटा रहेको हेलिकप्टर खराब मौसमका कारण बीच बाटोबाटै फर्किएको थियो।

पहिरोमा परी गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट उद्धार गरेको हो। काठमाडौंबाट गएको हेलिकप्टरले सविना बस्नेतलाई राजधानीको ह्याम्स अस्पतलामा ल्याइएको छ। बस्नेतका आफन्त अस्पताल पुगिसकेका छन्।

थप घाइतेलाई ल्याउन हेलिकप्ट पुन घटनास्थल फर्केको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए। उनी प्रदेश मन्त्रीसहित कैलाश हेलिकप्टरमा बाह्रबिसे पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell