PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अन्तत : सरिता गिरीको गयो सांसद पद्



अन्तत : सरिता गिरीको गयो सांसद पद्

काठमाडौं : सांसद सरिता गिरीलाई प्रतिनिधि सभा सचिवालयले सदस्यबाट बर्खास्त गरेको छ। प्रतिनिधि सभाबाट उनको जनता समाजवादी पार्टीले हटाउने निर्णय गरे अनुसार प्रतिनिधि सतिवालयले गिरीलाई हटाएको हो।

सचिवालयले सूचना जारी गर्दै गिरीको पद रिक्त रहेको जनाएको छ। जनता समाजवादीले उनलाई प्रतिनिधि सभाबाट हटाइदिन आग्रह गरे अनुसार प्रक्रिया पुगेकाले उनलाई हटाइएको सचिवालयले जनाएको छ।

यसअघि गिरीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई आफ्नो पार्टीको निर्णय वैधानिक नभएको भन्दै पत्र लेखेकी थिन्। गिरीले आजै निर्वाचन आयोगलाई पनि गुहारेकी थिइन्।

आफ्नो पार्टी जनता समाजवादीले साधारण सदस्य नरहने गरी कारवाही गरेपछि त्यसका बिरुद्ध सांसद सरिता गिरीले निर्वाचन आयोगमा उजुरी हालेकी हुन्। पार्टीको कुनै पनि निर्णय केन्द्रिय कमिटीबाट मात्रै छिनोफानो हुने भएपनि पार्टीका शीर्ष नेताले कार्यकारिणी समितिबाटै आफूलाई कारवाही गरिएको भन्दै त्यसलाई छानविन गरिदिन आग्रह गर्दै गिरीले आयोगमा उजुरी दर्ता गरेकी थिइन्।

पार्टीको कारवाहीपछि उनले अदालतको ढोका ढकढक्याउने अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टीका शीर्ष नेतालाई मुद्दा हाल्ने चतावनी पनि दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell