PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै : बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै : बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि

काठमाडौं : बिहीवार १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

देशका २५ प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएको बताए।

केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमण घटदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या कम भएपनि हेलचेक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै सचेत रहन अपिल गरे। उनले अब संक्रमण कम गर्न सबै सचेत नभए फेरी बढ्ने चेतवनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell