PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सरकारले दियो सार्वजनिक सवारी सञ्चालनको अनुमति : जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइने, ५० प्रतिशत थप भाडा लिन सक्ने



पहिलोपोस्ट

सरकारले दियो सार्वजनिक सवारी सञ्चालनको अनुमति : जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइने, ५० प्रतिशत थप भाडा लिन सक्ने

काठमाडौं : मन्त्रिपरिषद् बैठकले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न सरकारले अनुमति दिएको बताए। अन्य जिल्लामा भने जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ। चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न पाउने व्यवस्था गरिएको छ।

यात्रु सबैले मास्क लगाउनु पर्ने र गाडीमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने सरकारले जनाएको छ। एक पंक्तिमा एकजना बस्ने गरी सवारी साधनको क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने जनाइएको छ।

यस्तै, ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय भएको छ। ट्याक्सी बाहेकका अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था गरिएको छ।

कहिलेदेखि लागू हुने भनेर नखुलाइए पनि सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सक्ने सवारी साधनले तत्काल सेवा शुरु गर्न सक्ने मन्त्री खतिवडाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell