PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नवनियुक्त प्रहरी महानिरीक्षक र सशस्त्रका आईजीपीको अंकमाल, यस्तो देखियो स्वागत

नवनियुक्त प्रहरी महानिरीक्षक र सशस्त्रका आईजीपीको अंकमाल, यस्तो देखियो स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज दर्ज्यानी चिन्ह पाए। पदभार पनि ग्रहण गरे। गृहसचिव महेश्वर न्यौपानेले फूली लगाइदिए। फूली लगाइसकेपछि अर्धसैन्य बल सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित सशस्त्र प्रहरीका उच्च अधिकारीले नवनियुक्त महानिरीक्षक थापाको स्वागत गरे।

फुल गुच्छासहित पुगेका सशस्त्र प्रहरी अधिकारीले पालैपालो स्वागत गरे। सशस्त्रका आईजीपी खनालले भने थापालाई अंकमाल नै गरेर आत्मियता साटासाटा गरे। खनालको साथमा एआईजीहरु नारायणबाबु थापा, पुष्पराम केसीलगायत थिए। स्वागत समारोहमा नेपाल प्रहरीका एआईजी हरि पाल पनि उपस्थित थिए।

दुबै आईजीपीको अंकमालमा सर्वसाधारणले भने सामाजिक तथा भौतिक दुरीको प्रश्न उठाएका छन्। कोरोना महामारीमा सामाजिक दुरीलाई सबैले महत्व दिएका छन्।

सशस्त्र महानिरीक्षक खनालले निवर्तमान आईजीपी ठाकुर ज्ञवालीलाई मायाको चिनो दिएर विदाई गरे। खनालले थापालाई कार्यकाल र ज्ञवालीलाई अवकाश पछिको जीवन सफलताको शुभकामना दिए।



ट्रेन्डिङ पोस्ट

Ncell