काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सदस्य मोहना अन्सारीलाई भ्रम सिर्जना नगर्न आग्रह गरेको छ। जनता समाजवादी पार्टीकी सांसद सरिता गरीलाई पार्टीले कारबाही गरेपछि अन्सारीले त्यसको विरोध गरेकी थिइन्।
पार्टीले सांसद गिरीलाई गरेको कारबाहीप्रति विरोध गर्दै अन्सारीले ट्वीट गरेकोमा आयोगले ध्यानाकर्षण भएको बताएको छ। आयोगका अध्यक्ष अनुप शर्माले विज्ञप्ति जारी गर्दै अबदेखि यस्तो अभिव्यक्ति नदिन अन्सारीलाई सचेत समेत गराएका छन्।
अयोगको विज्ञप्तिमा अन्सारीको भनाइलाई आयोगले अस्वीकार गर्ने बताएको छ। अन्सारीले समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि गरेको कारबाहीलाई खेदजनक छ भन्दै ट्वीट गरेकी थिइन्।
‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई खेदजनक तथा कथित छानबिन प्रतिवेदन भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ,’ आयोगले भनेको छ।
आयोगले अन्सारीलाई भ्रम सिर्जना नगर्न पनि सचेत गराएको छ।

