PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओली-प्रचण्ड वार्ता अनिश्चित भएपछि सिंहदरबारमा नेकपाका दोस्रो तहका नेताको भेला



पहिलोपोस्ट

ओली-प्रचण्ड वार्ता अनिश्चित भएपछि सिंहदरबारमा नेकपाका दोस्रो तहका नेताको भेला

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता नहुदा दोस्रो तहका नेताहरु भेलामा जुटेका छन्। नेकपा दोस्रो तहका नेताहरु सिंहदरमा छलफलका लागि जुटेका हुन्।

भेलामा स्थायी कमिटी स्दस्यहरु जनार्दन शर्मा, मणी थापा, वर्षमान पुन, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, शक्ति बस्नेत लगायतका नेताहरु सिंहदरबारको छलफलमा सहभागी भएका छन्। बिहीवारको छलफलमा पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको भेलामा सहभागी एक नेताले बताए।

उनका अनुसार नेकपामा केही दिन मत्थर देखिएको विवाद बढ्ने संकेत देखिएपछि दोस्रो तहका नेता सक्रिय भएका हुन्। यसअघि असार १९ गते पनि दोस्रो तहका नेताहरु कृषीमन्त्री घनश्याम भुषालको सरकारी निवासमा भेला भएका थिए। उनीहरुले पार्टी एकताका बेला भएको सहमति अनुसार अघि बढ्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका थिए।

नेकपा भित्रको विवाद समाधानका लागि भन्दै केहि दिन अघिदेखि भेटवार्तामा रहेका ओली-प्रचण्डको बिहीवारको भेट भने अनिश्चित बनेको छ। बुधवारको बैठकमा प्रचण्डले सडकमा ओलीका पक्षमा भइरहेको प्रदर्शन रोक्नुपर्ने माग गरेका थिए।

विवाद बढ्दै गएपछि नेकपाभित्र दोस्रो तहका नेताको मध्यस्थतामा ओली-प्रचण्ड वार्तामा बस्न सहमत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell