PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णालीको ‘मिनि पार्लियामेन्ट’ले नेतृत्व पाउने, गठन भएको साढे दुई वर्षपछि निर्वाचन हुँदै



पी बी खड्का

कर्णालीको ‘मिनि पार्लियामेन्ट’ले नेतृत्व पाउने, गठन भएको साढे दुई वर्षपछि निर्वाचन हुँदै

सुर्खेत : नेतृत्वविहीन रहेको कर्णाली प्रदेश सभाको संसदीय समितिले पूर्णता पाउने भएको छ। २०७४ चैतमा गठन भएको संसदीय समितिको अध्यक्ष पदको निर्वाचन हुने भएपछि पूर्णता पाउने भएको हो।

‘मिनि पार्लियामेन्ट’ भनेर चिनिने संसदीय समितिहरु गठन भएको झण्डै साढे दुई वर्षपछि निर्वाचन हुन लागेको छ। प्रदेश सभा सचिवालयले बिहीवार विषयगत समितिको अध्यक्ष पदको निर्वाचनसम्बन्धी सूचना प्रकाशित गरी असार २८ गते दिउँसो १ बजे निर्वाचन हुने जानकारी दिएको छ।

कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १४८ बमोजिम विषयगत समितिका अध्यक्षको निर्वाचन गर्न लागिएको हो। कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १४८ को उपनियम ३ सँग सम्बन्धित अनुसूची-४ बमोजिमको ढाँचामा एक जना प्रस्तावक र एक जना समर्थक राखी समितिको अध्यक्ष पदको उम्मेदवारको मनोनयन पत्र र मञ्जुरीको निस्सासहित असार २७ गते अपरान्ह ५ बजेसम्म इच्छुक सदस्यहरुलाई प्रदेश सभा सचिवालयमा पेश गर्न सूचनामा भनिएको छ।

कर्णाली प्रदेश सभामा हाल चार वटा संसदीय समिति रहेका छन्। सदस्यहरुमध्येबाट ज्येष्ठताका आधारमा समिति बैठकको अध्यक्षता गर्ने गरिएको छ। हालसम्म सार्वजनिक लेखा समितिको अध्यक्ष दिनबन्धु श्रेष्ठ, अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता पदमबहादुर रोकाय र सामाजिक विकास समितिको अध्यक्षता राजु नेपालीले गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell