PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएका ७ जनाको ह्याम्स अस्पतालमा उपचार हुँदै, एक महिलाको अवस्था गम्भीर

सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएका ७ जनाको ह्याम्स अस्पतालमा उपचार हुँदै, एक महिलाको अवस्था गम्भीर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गएरातिको भारी वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी गयो। बाह्रबिसे नगरपालिकास्थित वडा नम्बर ३ को खाक्डोल, वडा नम्बर ५ को जम्बु र भोटेकोसी गाउँपालिकाको वडा नम्बर ५ को भ्यालेमा गएको बाढी पहिरोका दुई जनाको मृत्यु भएको छ। २० जना बेपत्ता छन्। 

बाढीका कारण घाइते भएकाहरुको उद्धार गरी राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

ह्याम्स अस्पतालमा हालसम्म ७ जनाको उपचार भइरहेको छ। एकजनाको अवस्था भने गम्भीर रहेको अस्पतालका चिकित्सक श्रीराम श्रेष्ठले बताए।

घाइते भएका काठमाडौं ल्याइएको ७० वर्षीया महिलाको आइसियुमा उपचार भइरहेको छ। उनको शरीरमा गम्भीर चोट देखिएको र छातीमा रगत जमेको श्रेष्ठले बताए।

यस्तै, २५ वर्षीय महिलामा साधरण चोट देखिएको छ। १९ वर्षीय पुरुष दाहिने हातको दुई औंलामा फ्रयाक्चर भएको छ भने ४० वर्षीय पुरुष देब्रे हातमा काटिएको छ।

घाइते भएर अस्पतालमा ७ दिनको बच्चा समेत रहेको छ। बच्चामा भने कुनै चोट नरहेको श्रेष्ठले बताए।

पहिरोमा परी गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell