PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न मोलमोलाइ भइरहँदा प्रहरीको ‘एक्सन’, ६ जना पक्राउ



पहिलोपोस्ट

पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न मोलमोलाइ भइरहँदा प्रहरीको ‘एक्सन’, ६ जना पक्राउ

काठमाडौं : सुनको अक्षरले लेखिएको बुद्ध धर्मको धार्मिक ग्रन्थ बिक्री गर्न खोज्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीवार चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ढुंङ्गेअड्डाबाट उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल नगरपालिका वडा नम्बर ४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रेको पाँचखान नगरपालिका वडा नम्बर ३ घर हुने वर्ष ४२ का जनक गिरी र ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर १ घर भएका ३१ वर्षीय सुवास कुमार बस्नेत रहेका छन्। त्यस्तै, ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नम्बर २ घर भएका ३३ वर्षीय हरी बहादुर लामिछाने,काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ११ का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ८ घर हुने वर्ष ३४ का रोशन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले सुनौलो अक्षरले लेखिएको १६ पाना बुद्ध धर्मको ग्रन्थ बरामद गरेको छ।

यसैबीच, ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ (साविक पाल्चोक गाविस वडा नम्बर २) घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय कृष्ण राम गिरी रहेका छन्।

आफूलाई प्रहरी सहायक निरीक्षक (असई) हुँ, हाल अपराध अनुसन्धान ब्यूरोमा कार्यरत छु भन्दै विभिन्न मानिसहरुलाई ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

प्रहरी सहायक निरीक्षक बनाइ दिन्छु भनि १९ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गत २२ गते जोरपाटीबाट पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell