PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रेलिगेशन जोनमा रहेको एस्टोन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित



पहिलोपोस्ट

रेलिगेशन जोनमा रहेको एस्टोन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लामाथि सहज जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा युनाइटेडले रेलिगेशनको भयमा रहेको घरेलु टोलीलाई ३-० को अन्तरले हराएको हो।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज, म्यासन ग्रीनउड र पउल पोग्बाले गोल गरे।

खेलको २० ‌औं मिनेटमै फर्नान्डेजको गोलबाट अग्रता बनाएको युनाइटेडका लागि पहिलो हाफको अतिरिक्त समयमा मार्सियलको पासमा ग्रीनउडले गोल थपे।

पहिलो हाफमा दुई गोलले अघि रहेको युनाइटेका लागि दोस्रो हाफमा फर्नान्डेजको पासमा मिडफिल्डर पोग्बाले गोल थपे। घरेलु टोलीले कुनै गोल फर्काउन नसक्दा युनाइटेडले ३-० को सहज जित निकाल्यो।

जितसँगै युनाइटेडले चौथो स्थानको लेस्टरसिटीसँग अंकदुरी घटाएको छ। तेस्रो स्थानमा रहेको चेल्सीको ६० अंक, चौथो स्थानको लेस्टरसिटीको ५९ अंक र पाँचौ स्थानको युनाइटेडको ५८ अंक छ। समान ३४ खेल खेलेका यी टोली शीर्ष चारमा अटाउनका लागि संघर्षरत छन्।

अर्कोतर्फ पराजित घरेलु टोलीलाई रेलिगेसनको भयले सकस पारेको छ। ३४ खेलबाट २७ अंकजोडेको भिल्ला तालिकाको १९ औं स्थानमा छ। सबैभन्दा पुछारमा रहेको नर्विच सिटीको २१ अंक छ भने १८ स्थानमा रहेको बर्नेमाउथको २८ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell