PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अस्पतालमा महिलालाई दूर्व्यवहार गरेको आरोपमा ३ जना स्वास्थ्यकर्मी पक्राउ



राधेश्याम पटेल

अस्पतालमा महिलालाई दूर्व्यवहार गरेको आरोपमा ३ जना स्वास्थ्यकर्मी पक्राउ

वीरगंज : वीरगंज–४ विर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा एक महिलालाई उपचारको क्रममा स्वास्थ्यकर्मीहरुले दुर्व्यवहार गरेको आरोपमा ३ जना स्वास्थ्यकर्मीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय विर्ताको टोलीले बुधवार साँझ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एसहान हुसैन, कृष्णा दास र सर्फद्दीन मियाँलाई पक्राउ गरेको हो।

घटनाको अनुसन्धन गरिरहेको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी गराइन्। ‘एक जना महिलालाई आइसीयुमा उपचारको क्रममा असार २३ गते राति ११ बजे दुर्व्यहार गरिएको उजुरी परेपछि सोधपुछको लागि ल्याएका छौ,’ उनले भनिन्, ‘अनुसन्धान जारी छ, आरोप सही छ भने दोषीलाई कारवाही हुन्छ।’

वीरगंज महानगर ३१ बेल्वाकी ३१ वर्षीया महिलालाई असार २२ गते दिउँसो उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो। एक साता अघि ती महिलाले वीरगंजकी एक अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। स्वासथ्यमा अचानक गडबडी भएपछि उनलाई अलि ट्रमा सेन्टरमा उपचाकरो लागि लगिएको परिवारजनले बताएका छन्। परिवारजनका अनुसार राति ११ बजे ३१ वर्षीया महिलालाई छातीमा इसीजी गर्न टयुब लगाउँदा दुर्व्यवहार गरेको गुनासो छ। यता,अस्पतालका सञ्चालक डा.रोशन अलिले आरोप सबै निराधार रहेको प्रतिक्रिया दिए। ‘बिरामी आईसीयुमा एक्लै थिइनन्, १२ बेडको आइसीयुमा ४ जना विरामीको उपचार भइरहेको थियो, चार जना विरामीको कक्षामा कसरी चार जना स्वासथ्यकर्मी मिलेर दूर्व्यवहार गर्न सक्छन्,’ उनले भने, ‘बिरामी ‘पोस्ट पार्टम इक्लेन्पसिया’ अवस्थामा उपचारमा रहेकी छन्, यो अवस्थामा विरामीलाई चम्की–छारो रोग जस्तै लक्ष्ण आउँछ, जसमा नभएको कुरा पनि कल्पना गर्न सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell