PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

प्रहरीको भेषमा जागिरको प्रलोभन, असई बनाइदिने भन्दै १९ लाख ठगी



पहिलोपोस्ट

प्रहरीको भेषमा जागिरको प्रलोभन, असई बनाइदिने भन्दै १९ लाख ठगी

काठमाडौः प्रहरीको भेषमा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरीलाई जोरपाटीबाट नियन्त्रणमा लिएको हो।

गिरीले आफू नेपाल प्रहरीको सहायक निरीक्षक (असई) हुँ भन्दै विभिन्न मानिसलाई जागिर लगाइदिने प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जानकारी दिएको छ। अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेकाले असई बनाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

गिरीले आफ्नो फेसबुकको प्रोफाइलमा समेत असईको भएको उल्लेख गरेका थिए। त्यस्तै कोठा चेक गर्दा नेपाल प्रहरी लेखिएको डायरी समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell