PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बाह्रबिसेमा बाढीपछि मानिसहरुको भागदौड, हिजोदेखि वेपत्ताको छैन अत्तोपत्तो



पहिलोपोस्ट

बाह्रबिसेमा बाढीपछि मानिसहरुको भागदौड, हिजोदेखि वेपत्ताको छैन अत्तोपत्तो

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे बजारमा बाढीका कारण भागदौड मच्चिएको छ।

बाह्रबिसे बजारको खुर्सनीबारीमा भोटेकोशी नदीको बाढीले कटान गर्न थालेपछि भागदौड मच्चिएको हो।

अविरल वर्षाका कारण सडकमा पहिरो र खोलामा बढी आउँदा स्थानीय त्रसित बनेको गाउँपालिका उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्।

'अहिले भोटेकोशी हिजोभन्दा उर्लिएको छ। चौकीसम्मै कटान गर्न लागेको छ,' बाह्रबिसे बजारमा रहेकी उपप्रमुख पाख्रिनले भनिन्, 'यहाँ ज्यान कसरी जोगाउने हो भन्ने ध्यान छ सबैको।'

बिहीवार बाह्रबिसे नगरपालिकाको वडा ५ को जम्बुमा बाढीले १४ भन्दा बढी घर बगाउँदा २० जना वेपत्ता भएको थियो भने दुई जनाको मृत्यु भएको थियो। वेपत्ताको अवस्था अझै अज्ञात रहेको गाउँपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell