PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

बाढीले रोक्यो नेकपा स्थायी कमिटी बैठक! एक साताका लागि स्थगित



पहिलोपोस्ट

बाढीले रोक्यो नेकपा स्थायी कमिटी बैठक! एक साताका लागि स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ। देशभर भइरहेको बाढी र पहिरोका कारण बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपा किचलोका बीच बसेको स्थायी कमिटी बैठक केही दिन यता स्थगित हुँदै आएको थियो। बुधवारको बैठक स्थगित गरी बैठक आजका लागि बोलाइएको थियो।

नेकपाले बाढी पहिरोका कारण भइरहेको क्षति र त्यसबाट उद्धार तथा राहत कार्यमा लाग्न पनि निर्देशन दिएको छ।

'देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पङ्तीलाई उद्दार एवम् राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित,' प्रवक्ता श्रेष्ठले भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक किचलो मिलाउन केही दिन यता वार्तामा बसे पनि निष्कर्ष निस्कन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell