PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जंगी अड्डाको फुटबल मैदान सेनालाई हस्तान्तरण, विदेशी टिमहरु आउँदा अभ्यासमा सहज हुने अपेक्षा



पहिलोपोस्ट

जंगी अड्डाको फुटबल मैदान सेनालाई हस्तान्तरण, विदेशी टिमहरु आउँदा अभ्यासमा सहज हुने अपेक्षा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा रहेको खेलकुद मैदान हस्तान्तरण गरेको छ। शुक्रबार एक कार्यक्रमबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई मैदान हस्तान्तरण गरे।

विश्वकप क्वालिफायर्स लगायतका खेल नजिकिँदै गर्दा उक्त मैदानमा राष्ट्रिय टिमले तयारी गर्न सक्ने गरी स्तरोन्नती भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए।

आर्मीको मैदानमा एन्फाले पहिलो चरणमा भिभिआइपी प्यारापिट मुनी २ वटा प्लेयर चेन्जिङ रुम, ड्रयर, फिजियो थेरापी बेड, ऐना फ्रिज, रेफ्री चेन्जिङ रुम लगायतका पूर्वाधार निर्माण गरेर आज हस्तान्तरण गरेको हो। त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो चरणमा प्लेयर बक्स र प्यारापिटमा राख्ने कुर्सी तथा अन्य पूर्वाधारसमेत थप गर्दै लैजाने प्रतिबद्धता गरेको आर्मीले जनाएको छ।

विश्वकप क्वालिफायर्स लगायतका समयमा उक्त मैदानलाई एन्फाले प्रयोग गर्ने छ।

'वर्ल्डकप क्वालिफायर्स लगायतका म्याचहरुमा बाहिरका टिमहरु धेरै आउँछ। उनीहरुले ट्रेनिङ गर्छ। कहिलेकाहीँ नेशनल टिमले पनि यहाँ अभ्यास गर्न सक्छ,' उनले भने, 'अर्को एपिएफको मैदान पनि छ। तर हामीलाई कम्तीमा दुईवटा यस्ता भेन्यु नभइ त हुँदै हुँदैन।'

चैत महिनामा हुने भनेको विश्वकप क्वालिफायर्स अन्तर्गतका खेल कोरोना महामारीका कारण स्थगित भएको थियो। ती खेलहरु अवस्था अनुकुल भए आगामी सेप्टेम्बर/अक्टोबरमा हुने तयारी छ। यसैको लागि एन्फाले राष्ट्रिय टिमको तयारी अघि बढाउन पहल सुरु अघि बढाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell