PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

देशको चार दृश्य : प्रकृतिको कहरमा जीवनको संघर्ष

देशको चार दृश्य : प्रकृतिको कहरमा जीवनको संघर्ष

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : लगातारको झरीले जनजीवन पूरै प्रभावित बनाएको छ। रात दिन पानी परिरहँदा पहिरो र बाढीको कहर छ। कतै पहिरोले बस्ती नै निल्यो भने कतै जीवन जोखिमपूर्ण बनाइरह्यो।

हिजो सिन्धुपाल्चोकमा पहिरोले ज्यान लियो। वर्षाको कहरको त्यो थालनीमात्र थियो। त्यसपछि देशका विभिन्न ठाउँमा पहिरो र मानिसको मृत्युका खबर आइरहेका छन्।

झरीले ल्याएको कहरका यी चार दृष्यले कठिन अवस्थाको संकेत गर्छ -

डोटीको केआइसिंह गाउँपालिका–५ बुहारमा गए राति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्र जीप। जीपका चालक भने ज्यान बचाउन सफल भएका छन्। तस्वीर : विमलबहादुर विष्ट/रासस
लमजुङको बेँसीशहर नगरपालिका–७ स्थित सातविसेमा घरमाथिबाट झरेको पहिरोमा परेकाको उद्दारमा खटिँदै सुरक्षाकर्मी। सो पहिरोमा परी ३३ वर्षीय दीपक तामाङसहित तीन जनाको मृत्यु भएको थियो भने तीन जान घाइते भएका छन्। तस्बिर : रासस
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले क्षति पुर्‍याएको पुल। तस्वीर : सन्तोष गौतम/रासस
अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने पुल। तस्वीर : कृष्ण न्यौपाने/रासस


ट्रेन्डिङ पोस्ट

Ncell