PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

म्यादीमा पहिरोबाट ३३ जना वेपत्ता, एक जनाको मृत्यु



पहिलोपोस्ट

म्यादीमा पहिरोबाट ३३ जना वेपत्ता, एक जनाको मृत्यु

काठमाडौं: म्याग्दीमा पहिरोमा परी ३३ जना वेपत्ता भएका छन्। अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा हालसम्म ३३ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। उनका अनुसार एक जनाको शव फेला परेको छ।

धौलागिरि गाउँपालिका ६ र ७ नम्बर वडा, मालिका गाउँपालिका ७ नम्बर वडा र मंगला गाउँपालिकामा पहिरोले मानिसहरु वेपत्ता बनाएको छ भने धेरै घरहरु बगाएको छ।

वेपत्ताहरुको उद्धारमा सुरक्षाकर्मी खटिएको घटनास्थलबाट प्रजिअ ढकालले टेलिफोनमा बताए। धेरै ठाउँमा वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell