PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युवा ज्योतिष भनिने अर्जुन क्षेत्री पक्राउ, अख्तियारको सहसचिव भन्दै धम्काएर लाखौं रकम उठाउने धन्दा



पहिलोपोस्ट

युवा ज्योतिष भनिने अर्जुन क्षेत्री पक्राउ, अख्तियारको सहसचिव भन्दै धम्काएर लाखौं रकम उठाउने धन्दा

काठमाडौं : युवा ज्योतिष बताउँदै हिँड्ने अर्जुनकुमार क्षेत्री पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। आयोगको सहसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्लटिङको जग्गाको विषयमा आफू अख्तियारको मानिस भएको भन्दै पैसा असुली गरेको अभियोगमा बिहीवार उनलाई नियन्त्रणा लिइएको हो। 'अख्तियारको मानिस भन्दै रकम उठाएको पाइएपछि नियन्त्रणमा लिएका हौं,' अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।

क्षेत्रीको समूहले यसरी धम्काएर ५० लाख रुपैयाँ लिन गएको समेत टोलीले नियन्त्रणमा लिएको थियो। उनीसँगै अन्य केही मानिसलाई पनि लिएर अनुसन्धान गरिरहेको छ। टोलीले विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई समेत नियन्त्रणमा लिएको छ।

उनीहरुले बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ चपली बस्ने जग्गा व्यवसायीसँग अख्तियारमा उजुरी परेको भन्दै रकम बार्गेनिङ् गरेको खुलेको हो।

'एउटा समूह नै अख्तियारको बदनाम गर्न लागेको रहेछ। हामी अनुसन्धान गरिरहेका छौं,' कोइरालाले भने।

यसअघि उनलाई २०७६ जेठमा जेठमा भूकम्प आउने भविष्यवाणी गरेर आतङ्क फैलाएको भन्दै क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell