PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बैकिङ कसुरमा फरार दुई जना पक्राउ



पहिलोपोस्ट

बैकिङ कसुरमा फरार दुई जना पक्राउ

काठमाडौः बैकिङ कसुर मुद्रामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नम्बर १८ बस्ने सुनिता चित्राकार र   वडा नम्बर १४ का मनोजलाल सिंह सुवाललाई नियन्त्रणमा लिएको हो।

गत फागुन १८ गते उच्च अदालत पाटनले बैकिङ कसुरमा तीन दिन कैद र छ लाख पचास हजार रुपैंया जरिवाना  सुनाएको थियो। त्यस्तै  गत माघ १४ गते सुवाललाई सात दिन कैद दश लाख रुपैंया जरिवाना हुने ठहर हुने सजाय सुनाएको थियो।

उनीहरूले आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानी-जानी झुक्क्याएर चेक दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell