PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

जाजरकोटको बारेकोटमा बाढीले बगायो घर, पाहुनासहित १२ जना बेपत्ता



पी बी खड्का

जाजरकोटको बारेकोटमा बाढीले बगायो घर, पाहुनासहित १२ जना बेपत्ता

सुर्खेत : जाजरकोटको बारेकोटमा गाउँपालिका वडा नं. ४ का दुई घरका परिवारसहित चार जना पाहुना बगाउँदा १२ जना बेपत्ता भएका छन्।

स्थानीय कलु सार्कीको घरमा बसेका चार जना परिवारसहित चार जना पाहुना हुन् भने, गोपाल सार्कीको चार जना परिवार सबै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

‘स्थानीय र प्रहरी मिलेर उद्धारको काम भईरहेको छ,’ उनले भने, ‘केही बेपत्ताहरु देखिएको भन्ने छ। पहिरो हटाएर र निकाल्ने प्रयास भईरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell