PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

म्याग्दीको ठाउँठाउँमा पहिरो : ३ जनाको मृत्यु, ३१ जना वेपत्ता



कमलराज भट्ट

म्याग्दीको ठाउँठाउँमा पहिरो : ३ जनाको मृत्यु, ३१ जना वेपत्ता
म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित प्रहरी बिट।

काठमाडौं : म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। ३१ जना बेपत्ता छन्। ७ जना घाइतेको उपचार भइरहेको छ।

बुधवार रातिदेखिको अविरल वर्षाका कारण म्याग्दीका सयौं ठाउँमा बाढी पहिरो गएको छ। बाटोभरी पहिरो हुँदा जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अधिकारीहरु घटनास्थल पुग्न सकेका छैनन्।

बाढी र पहिरोबाट म्याग्दीको धौलागिरि, मालिका र मंगला गाउँपालिका सबैभन्दा बढी प्रभावित छन्। यहाँ मानिसहरु वेपत्ता भएका छन् भने घरहरु बगाएको छ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले ३ जनाको शव भेटिएको र ३१ जना अझै हराइरहेको बताए। ‘त्यहाँ गइसाध्य छैन। सयौं ठाउँमा पहिरो गइराखेको छ। सडकमा पहिरो हटाउँदै गाडीमा घटनास्थलतर्फ गइराखेका छौं। अब पुग्नै लाग्यौं,’ उनले भने।

उनका अनुसार पहिरोमा फसेकाहरुको उद्धारमा स्थानीय सुरक्षाकर्मी खटिएका छन्। जिल्लाको टोली भने पुग्न सकेको छैन।

प्रमुख जिल्ला अधिकारी ढकालले पहिरोका कारण २४० जना अलपत्र परेको र उनीहरु सुरक्षित स्थानमा सार्नका लागि हेलिकोप्टर आउन लागेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell