PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खेलकुद मन्त्रालयले माग्यो राखेप सदस्य सचिवका लागि दरखास्त, योजनासहित आउन आह्‍वान



पहिलोपोस्ट

खेलकुद मन्त्रालयले माग्यो राखेप सदस्य सचिवका लागि दरखास्त, योजनासहित आउन आह्‍वान

काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयले राखेप सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको छ। खेलकुद विकास ऐन २०७७ लागू भएसँगै सदस्यसचिव लगायतका पदाधिकारी पदमुक्त भएपछि राखेपमा अहिले भक्तबहादुर ढकाललाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको छ।

मन्त्रालयले आज सूचना जारी गर्दै ऐनको खेलकुदको विकास विस्तार विस्तार र प्रवर्धनका लागि ऐनको दफा ३ बमोजिम राखेप सदस्य नियुक्तिको लागि ऐनको दफा १७ को उपधारा २ बमोजिम सदस्य सचिव नियुक्तिको प्रकृया सुरु गरिएको बताएको छ। जसअन्तर्गत ७ दिनभित्र मन्त्रालयमा निवेदनसहित संक्षिप्त कार्ययोजना पेस गर्न भनेको छ।

ऐनमा सदस्यसचिव हुनका लागि मन्त्रालयले गठन गरेको समितिले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell