काठमाडौं : नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ११८ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन।
अयन्त्र कोरोना संक्रमितको संख्या घट्दै जाँदा उपत्यकाको ग्राफ भने बढ्दै गएको छ। शुक्रवार उपत्यकामा ४२ जना संक्रमित थपिएका छन्।
हाल आइसोलेसनमा ८ हजार ६०३ जना छन्। बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि भएको थियो।
