PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

नवनियुक्त आईजीपीलाई प्रधानसेनापतिको ‘गिफ्ट’ खुकुरी, प्रहरी हेडक्वार्टरमा दुई संगठनको सहकार्यबारे छलफल

नवनियुक्त आईजीपीलाई प्रधानसेनापतिको ‘गिफ्ट’ खुकुरी, प्रहरी हेडक्वार्टरमा दुई संगठनको सहकार्यबारे छलफल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिन सेनापति थापा शुक्रवार दिउँसो प्रहरी हेडक्वार्टर पुगेका हुन्।

भेटमा सेनापति थापाले नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा कार्यकाल सफलताका लागि क्षेत्रीलाई शुभकामना दिएका थिए। उनीहरुबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा समेत छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधानसेनापति थापाले आईजीपी क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरीसमेत प्रदान गरे।

आईजीपी थापा क्षेत्रीले पनि सेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे।

प्रधानसेनापति थापा प्रहरी हेडक्वार्टर पुगेर सुरक्षा फौजमध्ये नेतृत्वकर्ताको भूमिका देखाएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा सुरु भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell