PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

म्याग्दीमा ‘ल्याण्ड’ हुन सकेन सेनाको हेलिकोप्टर, दुई पटकको असफल प्रयासपछि आकाशबाटै फर्कियो पोखरा



पहिलोपोस्ट

म्याग्दीमा ‘ल्याण्ड’ हुन सकेन सेनाको हेलिकोप्टर, दुई पटकको असफल प्रयासपछि आकाशबाटै फर्कियो पोखरा
फाइल फोटो।

काठमाडौं : म्याग्दीमा पहिरोमा फसेका नागरिकको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकोप्टर अवतरण हुन नसकेपछि पोखरा फर्किएको छ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दुई पटकको प्रयासमा पनि अवतरण हुन नसकेपछि हेलिकोप्टर पोखरा फर्किएको जानकारी दिए।

‘हेलिकोप्टर ल्याण्ड हुन सकेन। दुई पटकको असफल प्रयासपछि अहिले पोखरा फर्किएको छ। बेपत्ताको खोजीका लागि सुरक्षा टोली परिचालन गरिएको छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी ढकालले पहिरोका कारण २४० जना अलपत्र परेको र उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि हेलिकोप्टर आए पनि अवतरण हुन नसक्दा उद्धार गर्न नसकिएको बताए।

उनका अनुसार जिल्लामा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। त्यस्तै, ७ जना घाइतेको उपचार भइरहेको छ।

बुधवार रातिदेखिको अविरल वर्षाका कारण म्याग्दीका सयौं ठाउँमा बाढी पहिरो गएको छ। 

बाढी र पहिरोबाट म्याग्दीको धौलागिरि, मालिका र मंगला गाउँपालिका सबैभन्दा बढी प्रभावित छन्। यहाँ मानिसहरु बेपत्ता भएका छन् भने घरहरु बगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell