PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

५ वटै खोलामा बाढी आएपछि उच्च जोखिममा रौतहट, खोला किनारका बासिन्दा विस्थापित



राधेश्याम पटेल

५ वटै खोलामा बाढी आएपछि उच्च जोखिममा रौतहट, खोला किनारका बासिन्दा विस्थापित
फोटो : अभिमन्यू पटेल/रौतहट

वीरगंज : लगातार तीन दिनको अविरल वर्षाका कारण प्रदेश २ का आठ जिल्लामध्ये पर्सा, बारा बाहेक बाँकी ६ जिल्ला उच्च जोखिममा रहेका छन्। जसमा सबै भन्दा बढी रौतहटमा बाढीको जोखिम बढ्दै गएको छ।

रौतहटको ५ वटा खोलामा बाढी आएपछि जनता त्रसित बनेका छन्। बाढीले ठूलो जनधनको क्षति हुन सक्ने जोखिम पनि बढेको रौतहटबासीको भनाइ छ। नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झाका अनुसार शुक्रवार बिहानदेखि रौतहटको पुर्वदेखि पर्ने बागमति, झाँझ, लालबकैया, गुदरा, लमहा गरी ५ वटा खोला जलमग्न भएका छन्।

खोलाको प्राकृतिक बहाब क्षेत्र नै यकिन गर्न गाह्रो भएको छ। यस्तै वर्षात भइरहे खोलाको बाढी ओभरफ्लो भई खोला किनारका बस्तीमा पस्ने खतरा पनि बढेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। रौतहट प्रशासनले खोलाको किनारमा भएको बस्तीलाई हाई अर्लटमा राखेको छ।

स्थानीयहरुका अनुसार रौतहटका खोलाका आसपासका बासिन्दा नजिकको उच्च ठाउँमा रहेको छिमेकी घरमा शरण लिन शुरु गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell