PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चार वर्षपछि फिर्ता भयो क्रिकेट संघको अफिसियल ट्वीटर एकाउन्ट, यस्तो थियो कारण



पहिलोपोस्ट

चार वर्षपछि फिर्ता भयो क्रिकेट संघको अफिसियल ट्वीटर एकाउन्ट, यस्तो थियो कारण

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) को अफिसियल ट्वीटर ह्यान्डलबाट शुक्रबार साँझ एउटा ट्वीट आयो।

‘कमब्याक इज अल्वेज बेटर देन सेटब्याक...’

लामो समयपछि ट्वीटरमा फर्किएको भन्ने आशयमा क्यानको भेरिफाइड एकाउन्टबाट ट्वीट आउँदा धेरैले सोचे पनि होलान् ‘कोरोनापछि क्रिकेट फर्कन पो लाग्यो कि?’

तर कुरा फरक हो। ४ वर्षपछि क्यानको अफिसियल ह्यान्डलबाट आएको ट्वीट थियो त्यो। अर्थात् सन् २०१६ यता क्यानको अफिसियल ट्वीटरबाट कुनै ट्वीट भएको थिएन। अघिल्लो साल चतुरबहादुर चन्द लगायतको कमिटी निर्वाचित भएर फर्किएयता क्यानको फेसबुक पेज अपडेट भइरहे पनि ट्वीटर अपडेट हुन सकेको थिए। कारण थियो पासवर्ड।

क्यानका सचिव तथा प्रवक्ता अशोकनाथ प्याकुरेल यो विषयलाई धेरै ठूलो बनाउनभन्दा पासवर्ड फिर्ता हुनु ठूलो विषय भएको मान्छन्।

‘पहिलेबाटै पासवर्ड के गर्ने? ह्यान्डल कहाँबाट भइरहेको छ? भन्ने हामी खोजिरहेका थियौँ,’ उनी भन्छन्, ‘बीचको ४/५ वर्ष हामी नभएको अवस्थामा लथालिङ्ग थियो। सबै कुरा मिलाउन समय लागेको हो। अब अफिसियल्ली हामीले व्यवस्था गरेर चलाउन थाल्यौँ।’

यसबीचमा क्यानले भेरिफाइड एकाउन्ट फिर्ता ल्याउन पहिलेका एडमिन तथा आइटी टिमसँग समन्वय बनाइरहेको थियो। अर्कोतर्फ ट्वीटरसँगै पनि समन्वय गर्ने तयारीमै थियो क्यान। तर ट्वीटरसम्म पुग्नु नपरेको प्याकुरेल बताउँछन्।

 ‘चार वर्ष त हामी छँदै थिएनौँ नि। आधिकारिक रुपमा कसले चलाइरहनुभएको छ? पासवर्ड कोसँग छ? कुन कम्पनीबाट आइटी हेरिएको छ भन्ने कुरा निर्क्योल हुन सकिरहेको थिएन,’ उनी भन्छन्, ‘हामी आइसकेपछि त्यसको खोजी गर्‍यौँ र अहिले आएर सबैकुरा सेटल गर्‍यौँ। ट्वीटरसम्म जानु परेन। हामीलाई एकाउन्ट फिर्ता चाहिएको थियो त्यसमा हामी सफल भयौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell