PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रियल मड्रिड उपाधिबाट दुई जित पछाडि



पहिलोपोस्ट

रियल मड्रिड उपाधिबाट दुई जित पछाडि

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले अलाभेसलाई हराउँदै चार अंकको अग्रता बनाएको छ। इस्टेडियो अलफ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले २-० को जित निकालेको हो।

खेलको ११ औं मिनेटमा करिम बेन्जेमाको गोलमा अग्रता बनाएको मड्रिड पहिलो हाफमा १ गोलले अघि रह्यो। बेन्जेमाले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए।

दोस्रो हाफमा घरेलु टिमका लागि मार्को असेनसिओले गोल थपेका थिए।

जितसँगै मड्रिड उपाधिबाट २ जित पछाडि छ। यदि दोस्रो स्थानको बार्सिलोना अर्को खेलमा पराजित भएमा रियलले ग्रानडालाई हराएर उपाधि सुरक्षित गर्न सक्छ।

अंकतालिकामा मड्रिड ३५ खेल खेलेर ८० अंक जोड्दै शीर्ष स्थानमा छ। मड्रिडसँगै उपाधि होडमा रहेको बार्सिलोनाको समान खेलबाट ७६ अंक छ।

अर्कोतर्फ पराजय भोगेको अलाभेस रेलिगेसन जोन भन्दा ठीक माथि छ। ३५ अंक जोडेको अलाभेस १७ स्थानमा रहँदा अझै रेलिगेसनको भयमा छ। अलाभेस पछि रेलिगेसन जोनमा रहेको मालोर्काको ३२ अंक, लेगानेसको २९ अंक र तालिकाको पुछारमा रहेको स्पानोयलको २४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell