PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

बेहाल इन्डिया : संक्रमित पुगे ८ लाखमाथि



पहिलोपोस्ट

बेहाल इन्डिया : संक्रमित पुगे ८ लाखमाथि

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या ८ लाख पार भएको छ। चार दिनमा एक लाख नयाँ संक्रमित थपिएपछि भारतले यो सीम पार गरेको हो। साथै भारतमा मर्ने संक्रमितको संख्या २२ हजार पार भएको छ।

शुक्रवार भारतमा २७ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् जुन उच्चतमतर्फको रेकर्ड हो। शुक्रवार एकै दिन ५ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

टाइम्सअफ इन्डियाले भारतका विभिन्न प्रान्तीय सरकारको तथ्याङ्कका आधारमा गरेको गणनाअनुसार भारतमा संक्रमितको संख्या ८ लाख २१ हजार ७ सय २२ पुगेको हो।

पछिल्लो दश दिनमा मात्र भारतमा २ लाख ३६ हजार मानिसमा संक्रमण देखिएको हो। यही १० दिनमा ४ हजार ७ सय ३३ जना मानिसको मृत्यु भएको छ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा शुक्रवार थप १३ सय ४७ जनामा संक्रमण देखिएको छ। वंगालमा ११ सय ९८ नयाँ संक्रमित थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell