PahiloPost

Jun 24, 2026 | १० असार २०८३

टिकटक डिलिट गर्न निर्देशन दिएको अमेजनले भन्यो : गल्ती भयो



पहिलोपोस्ट

टिकटक डिलिट गर्न निर्देशन दिएको अमेजनले भन्यो : गल्ती भयो

टिकटक एप आफ्नो फोनबाट डिलिट गर्न इमेलमार्फत् आफ्ना कर्मचारीलाई निर्देशन जानुलाई अमेजनले गम्भीर गल्ती भएको जनाएको छ।

चर्चित भिडियो एप्लिकेसन टिकटक डिलिट गर्न भन्दै अमेजनले इमेल गरेको थियो। चिनियाँ कम्पनीको एप्लिकेसनले सुरक्षा खतरा बढाउने भन्दै पत्राचार भएको थियो।

विश्वभर नै अहिले टिकटकको विषय चर्चामा छ। हालै भारतले यसलाई निषेध गरेको छ। भारतीय सेना र चिनियाँ सेनाबीच मुठभेड भएपछि टिकटक लगायतका एप्लिकेसनलाई भारतले बन्द गर्ने निर्णय गरेको हो।

अमेजन अमेरिकाको दोस्रो ठूलो रोजगारदाता कम्पनी हो। अमेजनमा ८ लाख ४० हजार कर्मचारी रहेका छन् जुन वालमार्टपछिको धेरै हो। टिकटकले भने अमेजनको बुझाई के हो थाहा नभएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell