PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

भारत र पाकिस्तान सीमामा गोली हानाहान, भारतीय सेनाका एक नेपालीको मृत्यु



पहिलोपोस्ट

भारत र पाकिस्तान सीमामा गोली हानाहान, भारतीय सेनाका एक नेपालीको मृत्यु
प्रतीकात्मक तस्बिर

जम्मु : भारत पाकिस्तान सीमामा भएको गोलीवारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो। ‘नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि उनलाई अस्पताल पुर्‍याइयो त्यही उनको मृत्यु भयो,’ जम्मुका रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले भने।

जम्मु कस्मिरको रजोरी जिल्लामा भारत पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा गोली हानाहान भएको थियो। केही दिन अघि ६० वर्षीया वृद्धाको हत्या भएको विषयलाई लिएर भारतले पाकिस्तानी सेनामाथि दोष लगाउँदै आएको छ। त्यसै विषयले सीमामा गोली हानाहान भएको थियो। जुन ४ यता ज्यान गुमाउनेमा गुरुङ पाँचौं भारतीय सैनिक हुन्।

‘गुरुङ साहसी र बहादुर, प्रेरक र इमान्दार सैनिक थिए,’ प्रवक्ता आनन्दले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell