PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

कोरोनाका कारण काठमाडौं शंखमुलका एक पुरुषको मृत्यु



कोरोनाका कारण काठमाडौं शंखमुलका एक पुरुषको मृत्यु

काठमाडौं: कोरोना संक्रमणका कारण काठमाडौं शंखमुलका एक पुरुषको मृत्यु भएको छ। शंखमुलका ६० वर्षे पुरुषको कोरोना संक्रमणका कारण पाटन अस्पतामा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

ती पुरुषको शुक्रवार मृत्यु भएको हो। मिर्गौला रोगीसमेत रहेका उनी असार १६ मा पाटन भर्ना भएका थिए। ती पुरुषमा असार १७ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको फोक्सोमा पानी जमेको थियो।

गोकर्णेश्वर नगरपालिका वडा ४ का ५४ वर्षको एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ।  उनको असार २५ गते निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनी मिगौला रोगी थिए। श्वास प्रश्वासमा समस्या आएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो।

आजै सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिकामा मृत्यु भएका एक जनाको मृत्यु पनि मन्त्रालयले अपडेट गरेको छ।

सिन्धुपाल्चोकका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, 'लामो समयदेखि क्षयरोगबाट पीडित थिए'

यो सँगै कोरोना संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या ३८ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell