PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधानमन्त्री ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्र : वरिष्ठ नेता पौडेल 



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्र : वरिष्ठ नेता पौडेल 
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन्। गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँगको भर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए।

उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने बताए। वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण बिगारेको उनको आरोप छ।

वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए। उनले कम्युनिस्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए। पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिस्ट सरकार असफल भएको बताए। उनले कम्युनिस्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको आरोप समेत लगाए।

पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे। उनले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छन् कि भन्नेमा खबरदारी गर्न आग्रह गरे। उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell