PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

चितवन पुगेर प्रचण्डले भने : एकता जोगाउन सतर्कता पूर्वक संघर्ष गरिरहेको छु



पहिलोपोस्ट

चितवन पुगेर प्रचण्डले भने : एकता जोगाउन सतर्कता पूर्वक संघर्ष गरिरहेको छु

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले शनिवार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।

कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाइ थियो।

‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं,’ उनले भने, ‘एकतालाई जोगाउन सतर्कता पूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ।’

उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरे।

उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौं। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन।’

यस क्षेत्रको जनप्रतिनिधि समेत रहेका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पु¥याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धी आफ्नो ध्यान रहेको बताए।

अरु सामान्य निर्वाचित सदस्यले जस्तो एक दुई वटा काम गरेर यस क्षेत्रबाट आफू फुत्केर जान सक्ने स्थानमा नभएकोले माडीको पूर्वाधार विकास हुनेमा विश्वस्त हुन उनले आग्रह गरे।

उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने कुरामा सरकार र पार्टीमा छलफल भइरहेको बताए। अध्यक्षले आकाशे पुलको अध्ययन र डीपीआरका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी पनि दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell