PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भरतपुर मेडिकल कलेजका चिकित्सकसहित चार जना पक्राउ, गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोप



पहिलोपोस्ट

भरतपुर मेडिकल कलेजका  चिकित्सकसहित चार जना पक्राउ, गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोप

काठमाडौँः प्रहरीले चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का चिकित्सकसहित चार जनालाई पक्राउ गरेको छ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बालकृष्ण कालाखेती, राकेश वर्मा सुप्रभात श्रेष्ठ छन्। एक जना जिल्ला प्रशासन कार्यालयका कर्मचारी रहेको खुलेको छ।

'हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको छ। थप अनुसन्धान काठमाडौँ ल्याएपछि खुल्छ', ब्यूरोका एसपी गोविन्द थपलियाले भने।

आर्थिक लेनदेन गरेर गैरकानुनी रुपमा मिर्गौला  प्रत्यारोग गरेको प्रहरीको दाबी छ। नियन्त्रणमा लिइएकालाई प्रहरीले आइतबार सार्वजनिक गर्ने पनि जनाएको छ।

ब्यूरोले यसअघि गत असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको थियो। नक्कली आफन्त खडा गरेर मिर्गौला किनबेच गरेको अनुसन्धानबाट खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell