PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कर्णाली प्रदेशमा कुल संक्रमित एक हजार ५९५ जना, २२४ मात्रै ‘एक्टिभ केस’



विधुर ढकाल

कर्णाली प्रदेशमा कुल संक्रमित एक हजार ५९५ जना, २२४ मात्रै ‘एक्टिभ केस’

काठमाडौं : कर्णाली प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा एक हजार ५९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएकाहरुमा प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतका ३ र सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका १ र चौरजहारी प्रयोगशालामा रुकुम पश्चिमका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म एक हजार ३६५ जना डिस्चार्ज भइसकेका छन्। आज मात्र १८ जना डिस्चार्ज भएका छन्। कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ६ रहेको छ। यहाँ सक्रिय संक्रमित २२४ मात्र छन्।

कुन जिल्लामा कति?

 

कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेखमा ७८९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सुर्खेतमा संक्रमण पुष्टि भएकाको संख्या ४१६ रहेको छ। त्यस्तै, सल्यानमा २११ जनामा संक्रमण पुष्टि भएको छ। कालिकोटमा ५०, जुम्लामा ३४ र जाजरकोटमा १९ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, रुकुम पश्चिममा १५, मुगुमा ५, डोल्पामा ४ र हुम्लामा २ जनामा संक्रमण पुष्टि भएको छ। 

कर्णालीमा संक्रमण पुष्टि भएका मध्ये एक हजार ४३८ जना पुरुष र १५७ जना महिला रहेका छन्। 

यहाँ संक्रमण पुष्टि भएकामध्ये ५० जना अन्य प्रदेशका छन्। 

कर्णालीमा संक्रमण पुष्टि भएका मध्ये बाग्लुङ ३, बाजुरा २, गोरखा ३, दोलखा,१, रामेछाप ३, काठमाडौं ३, दाङ २, धनुषा १, रुपन्देही १ सप्तरी १, ताप्लेजुङ ४, उदयपुर १ जना रहेका छन्। त्यस्तै लमजुङ २, कैलाली १, बैतडी २, दाचुला १, बाँके ५, धादिङ २, कास्की १, इलाम २, गुल्मी १, कञ्चनुपुर १, खोटाङ १, ओखलढुंगा २,पाल्पा १, स्याङ्जा १, चितवन १ र नवलपरासी पूर्वका १ जना रहेका छन्। यी सबै संक्रमण पुष्टि हुने समयमा कर्णाली प्रदेशभित्रै रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell