PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण



पहिलोपोस्ट

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण

काठमाडौँः बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अमिताभले ट्वीट गर्दै आफूमा कोभिड १९ पोजेटिभ देखिएको बताएका हुन्। कोरोना संक्रमण पुष्टि भएसँगै बच्चन अस्पताल भर्ना भएको छन्।  

भारतीय सञ्चार माध्यमहरुका अनुसार अमिताभलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। 

पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि उनले ट्वीटरमार्फत जनाएका छन्। साथै उनले आफूसँग विगत १० दिनमा सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell