PahiloPost

Jun 24, 2026 | १० असार २०८३

च्याम्पियन लिभरपुल बराबरीमा रोकियो



पहिलोपोस्ट

च्याम्पियन लिभरपुल बराबरीमा रोकियो

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग बराबरीमा रोकिएको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली लिभरपुल अंक बाँड्न पुग्यो।

खेलको ३४ औं मिनेटमा फ्याबिनोको पासमा गोल गर्दै एन्ड्रिउ रोबर्टसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलसँग बर्नलीले दोस्रो हाफमा बराबरी बनायो। खेलको ६९ औं मिनेटमा जे रोड्रिगुइजले गोल गर्दै खेल बराबरीमा ल्याए। र, लिगमा च्याम्पियन बनिसकेको लिभरपुललाई उसकै घरेलु मैदानमा बर्नलीले १-१ को बराबरीमा रोक्न सफल रह्यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा नर्विच सिटी वेस्टह्यामसँग पराजित भयो। र, जारी सिजन लिगबाट रेलिगेट हुने पहिलो टोली बन्यो। क्यारो रोड स्टेडियममा भएको खेलमा मिचेल एन्टोनियो चम्किँदा वेस्टह्यामले ४-० को सहज जित निकाल्यो। उक्त खेलमा सबै गोल एन्टोनियोले नै गरेका थिए।

बराबरीमा रोकिएसँगै शीर्षस्थानमा रहेर च्यम्पियन बनिसकेको लिभरपुलको ९३ अंक छ। त्यस्तै बर्नली ५० अंकसहित तालिकाको नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell