PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बार्सिलोनाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भालाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ। जोस जोरिल्ला स्टेडियममा भएको खेलको घरेलु टोली भालाडोलिडमाथि बार्सिलोनाले १-० को संघर्षपूर्ण जित निकालेको हो।

बार्सिलोनाको जितमा निर्णायक गोल आर्थुर भिडालले गरेका थिए। उनले खेलको १५ औं मिनेटमा लियोनेल मेस्सीको पासमा गरेको गोल नै खेलमा निर्णायक बन्न पुग्यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसमाथि १-० को जित निकाल्यो। एट्लेटिकोको जितमा डिएगो कोस्टाले ७४ औं मिनेटमा निर्णायक गोल गरे। खेलको ५७ औं मिनेटमा हर्मोसो रेड कार्डखाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडले घरेलु मैदानमा संघर्षपूर्ण जित निकालेको हो।

जितसँगै ३६ खेल खेलेको बार्सिलोनाको ७९ अंक छ। जबकी त्यो भन्दा एक खेल कम खेलेको रियल मड्रिड ८० अंकसहित शीर्षस्थानमा छ। त्यस्तै ३६ खेलबाट ६६ अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell