PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अन्तत: ट्रम्पको मुखमा पनि मास्क!



पहिलोपोस्ट

अन्तत: ट्रम्पको मुखमा पनि मास्क!

चार महिनादेखिको कोरोना भाइरसको पेन्डेमिक र १ लाख ३४ हजार अमेरिकनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा मास्कसहित देखिए।

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग प्रभावकारी हुने तथ्य लामो समयदेखि सार्वजनिक हुँदै आएको हो। सेन्टर फर डिसिस कन्ट्रोल एन्ड प्रिभेन्सनले अप्रिलको सुरुमै सामाजिक दुरी र मास्कको प्रयोगका लागि सुझाव दिँदै आएको थियो। सेन्टरले मास्क कसरी लगाउने भन्ने पनि सिकाएको थियो।

अमेरिकी स्वतन्त्रतालाई आफ्नै हिसाबले व्याख्या गर्दै राष्ट्रपति ट्रम्प न सामाजिक दुरीको विषयमा सचेत रहे न त मास्क लगाउने विषयप्रति सकारात्मक नै। अमेरिकामा कोरोना भाइरसको तीब्रतर फैलवटको दवाव हुनुपर्छ एकाएक ट्रम्प मास्कमा देखिए। यसअघि मास्क लगाउने विषयको विरोधमै उत्रिएका थिए उनी। फोर्ड प्लान्टमा जाँदा उनले मास्क लगाएका थिए।

'म प्रेसलाई मास्क लगाएको तस्बिर देखाएर उनीहरुलाई खुशी तुल्याउन चाहन्न,' कुनै बेला ट्रम्पले भनेका थिए। तर, उनले लगाएको मास्कको फोटो बाहिरिएको छ।

त्यसो त उनको बोली जुनको अन्त्यतिर आइपुग्दा बदलिन थालेको छ। पहिले मास्क लगाउने विषयलाई उडाइरहने उनले त्यसयता भने मास्क लगाएमा आफूलाई कुनै समस्या नहुने तर्क गरेका थिए।

'मलाई लाग्छ मास्क लगाउनु एकदमै राम्रो कुरा हो,' ट्रम्पले आइतवार भने, 'त्यसको लागि समय र स्थान छ।'

'त्यो समय अहिले हो। ठाउँ चाहिँ मानिसहरु रहने जहाकहिँ पनि।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell