PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्टर्लिङको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित



पहिलोपोस्ट

स्टर्लिङको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनमाथि सानदार जित निकालेको छ। फलमेर स्टेडियममा भएको खेलमा सिटीका रहिम स्टर्लिङ चम्किँदा घरेलु टोली माथि ५-० को सानदार जित निकाल्न सफल रह्यो।

खेलको २१ औं मिनेटमै गाब्रियल जिससको पासमा गोल गर्दै स्ट्रलिङले सिटीलाई अग्रता दिलाएका थिए। खेलको ४४ औं मिनेटमा रोड्रिगो होन्डारेजको पासमा गोल गाब्रियल जिससले गर्दा पहिलो हाफ सिटी २ गोलले अघि रह्यो।

दोस्रो हाफमा स्टर्लिङले फेरि गोल गरे। उनले खेलको ५३ औं मिनेटमा रियाद महरेजको पासमा गोल गर्दा सिटी सहज अवस्थामा आइसकेको थियो। त्यस्तै ५६ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दा ८१ औं मिनेटमा स्टर्लिङले नै गोल गर्दै ह्याट्रिक पुरा गरे। र, सिटीले ५-० को सानदार जित निकाल्न सफल रह्यो।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ७२ अंक छ। यता ब्राइटनको ३६ अंकसहित १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell